Sunday, January 29, 2012

बन्दले विभन्न जिल्लाको जनजीवन प्रभावित

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा विभिन्न राजनीतिक दल युवा तथा विद्यार्थी संघ संघठनहरुले आव्हान गरेको बन्दले राजधानी लगायत मुलुकको विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । सडकमा यातायातका साधन देखिएको छैन । बन्द सफल पार्न ठाउँ ठाउँमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्दोलनमा तरुण दल, वाईसीएल, युवा संघ, नेविसंघ,अनेरास्ववियू,अखिल क्रान्तिकारी, मधेशी मोर्चामा आवद्ध विभिन्न दल निकट युवा तथा विद्यार्थी संगठन लागायतको सहभागिता रहेको छ । ती संगठनहरुले थप आन्दोलनको कार्यक्रम आजै घोषणा गर्ने तयारी गरेका छन् । 

सिन्धुलीमा बन्दकर्ताले एउटा यात्रुवाहक बसमा तोडफोड गरेका छन् । मरिनखोला तर्फबाट सदरमुकाममा गढी मर्मतको लागि आउँदै गरेको  ना.४.ख २४२७ नम्वरको बस धुराबजारमा तोडफोड गर्दा गढ़िको अघाडी पट्टिको सिसा फोरिएको छ । सदरमुकाम तथा वीपी राजमार्गमा यातायात संचालनमा आएको छैन ।